About us | Staffs | Contact us


१६ सातादेखि सरसफाई अभियान जारी

March 3, 2016 | no comments



फागुन–२०,पर्वत/

पर्वत जिल्लाको सदरमुकाम कुश्माबजारलाई शुन्दर शहर बनाउने उद्धेश्यले १५ हप्ता अघि देखी शुरु गरिएको सरसफाई अभियानलाई पनि आज पनि निरन्तरता दिइएको छ ।
कुश्मा बजारमा हरेक बुधवार विहान ७ देखि ९ बजेसम्मे सरसफाई कार्यक्रम गरिदै आइएको छ ।
बजारलाई सफा सुग्घर बनाई आन्तरिक तथा बाह्य पर्यटकको समेत आकर्षण गर्ने उद्धेश्यले थालिएको अभियान प्रभावकारी बन्दै गएको छ । प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकाल सरुवा भई पर्वतमा आएपछि शुरु गरिएको अभियानमा जिल्ला स्थित सरकारी कर्मचारी, सुरक्षा निकाय, सर्वसाधारण, उद्योगी व्यापारीदेखि जिल्लाका सांसदहरुले समेत सहभागिता जनाउने गरेका छन् ।
सवैको साझा प्रयासले मात्र सवैजसो कामहरु पुरा हुने भएकाले सरसफाई अभियानमा पनि सवैको सहभागिता रहेको प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले बताउनुभयो । उहाँका अनुसार कुश्माबजारवासीले समेत अभियानमा सक्रिय सहभागिता जनाउन थालेका छन् । यो अभियानलाई सदमुकाम आसपासका सवै क्षेत्रमा संचालन गर्ने र सदरमुकामलाई आकर्षक क्षेत्र बनाउने प्रमुख जिल्ला अधिकारी ढकालले बताउनुभयो ।
पछिल्लो समयमा विभिन्न सामाजिक संघ संस्थाको पहलमा अभियानलाई अघि बढाइएकाले पनि स्थानियवासीको सक्रियता अझै बढेको र अभियान प्रभावकारी समेत बनेको कुश्मा नगरपालिकाले जनाएको छ ।