About us | Staffs | Contact us


हुण्डीको कारोवारमा संलग्न रहेको आरोपमा पक्राउ परेका सार्वजनिक

March 3, 2016 | no comments



फागुन–२०,काठमाण्डौ/

प्रहरीले काठमाडौं उपत्यकाका बिभिन्न ठाउँमा गैरकानूनी रुपमा हुण्डीको कारोवार गरेको अभियोगमा एक जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ ।
काठमाडौको महाबौद्धमा पवन जमलियाले सञ्चालन गरेको न्यु पायल ईम्पेक्समा गैरकानूनी रुपमा हुण्डीको कारोबार हुने गरेको भन्दै इम्पेक्सका कोषाध्यक्ष भिमसेन शर्मालाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
बागलुङ नगरपालिका २ घर भइ गोंगबु बस्ने शर्माको साथबाट ४७ लाख रुपैयाँ र विभिन्न बैंकका चेक र भौचर पनि बरामद भएको महाशाखाले जनाएको छ ।
शर्मालाई राजश्व छलीतर्फ आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान बिभाग ललितपुरको हरिहरभवन पठाईएको र अनुसन्धान जारी रहेको महाशाखाले जनाएको छ ।
काठमाडौ उपत्यकामा नेपाल राष्ट्र बैंक बिनियमावली बिपरित शंकास्पद रुपमा हुण्डी मार्फत कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले सक्रियता बढाएको थियो ।