About us | Staffs | Contact us


सहजीकरण सिप विकास तालिम सकियो

March 3, 2016 | no comments



फागुन–२०,बागलुङ/

बागलुङ जिल्लामा सोमबारदेखी आईएनएफ नेपाल बागलुङको आयोजनामा सुरु भएको सहजीकरण सिप विकास तालिम बुधबार सम्पन्न भएको छ ।

अपाङ्गता भएका व्यक्तिहरुको सामाजिक समावेशिकरण एवं गुणस्तरिय जिवन विकास गर्ने उद्देश्यले अपाङ्गता भएका व्यक्तिहरुको पहलमा खोलिएका संस्थाहरुका कर्मचारीहरुलाई उक्त तालिम दिइएको थियो ।

काठमाडौं टे«निङ सेन्टरका कार्यकारी निर्देशक राज बहादुर गिरी र आईएनएफ नेपालका सिडिआर अधिकृत सुर्य बहादुर कुँवरले सहजिकरण गरेको तालिममा बागलुङ, पर्वत, म्याग्दी, तनहुँ र गोरखाका १६ जना कर्मचारीहरुको उपस्थिति रहेको अपाङ्गता सरोकार संघ बागलुङका कार्यक्रम संयोजक राम प्रसाद घिमिरेले जानकारी दिनुभयो ।