About us | Staffs | Contact us


युवा बर्ष प्राविको बिव्यस गठन

March 3, 2016 | no comments



फागुन–२०,बागलुङ/

युवा बर्ष प्राथमिक बिद्यालय तारा–३ को बुधवार सम्पन्न अभिभावक भेलाले सतिश भण्डारी को अध्यक्षतामा बिध्यालय ब्यबस्थापन समितिको पुर्नगठन गरेको छ ।
समितिको सदस्यहरुमा भिमबहादुर घर्ती, ओम बहादुर घर्ती, सिमबहादुर थापा, देबि रोका, इन्द्रमति रोका, यामबहादुर घर्ती, रामबहादुर रोका, शिक्षक प्रतिनिधि प्रेमकली खत्री र सदस्य सचीवमा प्रधानाध्यापक पूर्णभद्र निउरे रहनु भएको छ ।
यसैगरी धनबहादुर खत्री, दमप्रसाद घर्ती र मनबहादुर रोका रहेको सल्लाहकार समिती समेत गठन गरिएको छ । सोही भेलाले गोबिन्दलाल घर्तीको अध्यक्षतामा ९ सदस्यीय शिक्षक अभिभावक संघको समेत गठन गरेको छ ।
शिक्षक अभिभावक संघका सदस्यहरुमा कविता खत्री, फुलमाया परियार, गोपिलाल घर्ती, तुलबहादुर घर्ती, सदस्य सचिव गौमाया घर्ती र पदेन सदस्यका रुपमा सतिश भण्डारी र पूर्णभद्र निउरे रहनु भएको छ ।
भेलामा सल्लाहकार सदस्य नरेश केसीले नवगठित समितिलाई सफल कार्यकालको शुभकामना दिदै बिद्यालयको समग्र पक्षको बिकासका लागि सबै संग सहकार्य गरेर अघि बढ्नु पर्नेमा जोड दिनुभयोे । भेला निवर्तमान बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर खत्रीको अध्यक्षता, शिक्षक जितबहादुर घर्तिको स्वागत र पूर्णभद्र निउरेको संचालनमा सम्पन्न भएको थियो ।