About us | Staffs | Contact us


महिला महोत्सवको तयारी अन्तिम चरणमा

March 2, 2016 | no comments



फागुन–१९,पर्वत

सामुदायिक रेडियो दिदीबहिनी ९५.२ मेगाहर्जद्धारा आयोजित आठौ पश्चिमाञ्चल स्तरीय बृहद महिला महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।

रेडियोको छैटौ बार्षिकोत्सवको अवसर पारेर संचालन गर्न लागेको महोत्सवको सवैजसो तयारीहरु पुरा भएको रेडियोले जनाएको छ । महोत्सवको नेपाल सरकारका उपप्रधान एवम् गरिबी निवारण तथा सहकारी विकास मन्त्री चित्रबहादुर केसीले उद्घाटन गर्नुहुने कार्यक्रम छ ।

अन्तराष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भ पारेर आयोजित “बृहत आठौं पश्चिमाञ्चल महिला महोत्सव” चार दिन सम्म संचालन हुने भएको छ । फाल्गुण २३ देखी २६ गतेसम्म विभिन्न कार्यक्रमको आयोजना गरि महोत्सव गर्न लागीएको रेडियो दिदी वहिनीका अध्यक्ष कल्पना चापागाईले जानकारी दिनुभयो ।

महोत्सव आउन अव चार दिन मात्र बाँकी रहँदा सवैजसो तयारी सकिएको अध्यक्ष चापागाईले जानकारी दिनुभयो । उहाँका अनुसार महोत्सवको तयारी स्वरुप अहिले स्टल निर्माण, रमाईलो मेला तथा मञ्च निर्माण लगायतका कामहरु अघि बढेका छन् भने प्रचार प्रसार कार्यक्रमलाई समेत तिब्रता दिइएको छ ।
सदरमुकाम कुस्माबजार स्थित बान्द्रेविडीचौरमा हुने महोत्सवमा रत्यौली प्रतियोगिता, भजन प्रतियोगिता, विद्यालय स्तरीय सामुहिक नृत्य प्रतियोगिता, बक्तृत्वकला प्रतियोगिता, विभिन्न समुह तथा संस्थाहरुको ¥याली प्रतियोगिता, टपरी गाँस्ने लगायतका प्रतियोगीता रहेका छन् ।