About us | Staffs | Contact us


धम्जामा तीन दिने नेतृत्व विकास तालिम शुरु

March 3, 2016 | no comments



फागुन–२०,बागलुङ/

बागलुङको धम्जामाबुधवारदेखी तीन दिने नेतृत्व विकास तालिम शुरु भएको छ ।
गाजा युवा क्लबको आयोजना र प्लान नेपालको सहयोग समुहमा आवद्ध किशोरी र युवा महिलाहरुको नेतृत्व सीप विकास गर्ने उद्धेश्यले तालिम फागुन २१ गते सम्म सञ्चालन हुनेछ ।
तालिममा धम्जा, भिमापोखरा र तंग्राम गाविसका २४ जना किशोरी, महिलाहरुको सहभागिता रहेको छ । ३ दिन सम्म चल्ने तालिमको क्लबका सहजकर्ता रनवहादुर थापा र पवित्रा घर्तीले सहजीकरण गर्नुहुने धम्जाबाट बाबुराम भण्डारीले जानकारी दिनुभएको छ ।