About us | Staffs | Contact us


उवासंघद्धारा आगालागीबाट क्षति पुगेको उद्योगलाई सहयोग

March 2, 2016 | no comments



फागुन–१९,पर्वत/

पर्वत उद्योग बाणिज्य संघले आगालागिबाट क्षति पुगेको पाउरोटी उद्योगलाई आर्थिक सहयोग गरेको छ ।

दक्षिण पर्वतको सरौखोलामा रहेको केसी पाउरोटी उद्योगलाई नगद १५ हजार रुपैया सहयोग गरेको हो ।

गते मंसिरमा आगालागिबाट ठुलो क्षति व्यहोरेको उद्योगलाई केहि मात्रामा भएपनि राहात मिलोस भन्ने उद्धेश्यले आर्थिक सहयोग गरिएको पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष हरिओम शर्मा लामिछानले जानकारी दिनुभयो । उद्योगका संचालक हर्षबहादुर क्षेत्री उद्योग बाणिज्य संघका सदस्य समेत हुन् ।

सो अवसरमा पिडित क्षेत्रीले आफुलाई उद्योग बाणिज्य संघले थोरै भएपनि सान्त्वना दिएको बतानुभयो । उक्त रकम उद्योग बाणिज्य संघका अध्यक्ष लगायत पदाधिकारीहरुले हस्तान्तरण गरेका थिए ।

आगालागिबाट उनको तीन लाख भन्दा बढिको क्षति भएको थियो । विगत पाँच वर्ष पहिले झण्डै ४० लाखको लगानीमा शुरु भएको उद्योगको मेशीनमा खराबी आएपछि आगालागी भएको संचालक केसीले जानकारी दिनुभयो । उहाँको उद्योगबाट उत्पादित पाउँरोटी दक्षिण पर्वतका विभिन्न गाविसका साथै स्याङजामा समेत विक्रि हुने गरेको छ ।

५९ औं राष्ट्रिय सहकारी दिवसको ध्येय

मुलुकमा सहकारी अभियानको शुरुवात भएको ऐतिहासिक दिनको स्मरण गर्दै आगामी चैत २० गते ५९ औं राष्ट्रिय सहकारी दिवस देशभर विविध कार्यक्रमका साथ मनाइदैछ ।

५९ औं राष्ट्रिय सहकारी दिवसको ध्येय ‘आर्थिक विकास र सामाजिक रुपान्तरणका लागि सहकारी’ राखिएको छ ।

५९ औं राष्ट्रिय सहकारी दिवससहित आगामी एक वर्षसम्मका लागि सहकारीको ध्येय यही हुने राष्ट्रिय सहकारी संघ लिमिटेडले जनाएको छ । २०१३ साल चैत २० गते चितवनमा बखानपुर ऋण सहकारी संस्था लिमिटेड स्थापना भएको दिनलाई नेपालमा राष्ट्रिय सहकारी दिवसका रुपमा मनाउदै आइएको छ ।

प्रत्येक वर्ष राष्ट्रिय सहकारी दिवसको सन्दर्भ पारेर एक वर्षका लागि सहकारीको मुल नारा तय गर्ने गरिएको छ ।

संघका तर्फबाट सहकारी संघ संस्थाहरुलाई पठाइएको पत्रमा आगामी चैत २० गते शनिवारका दिन ५९ औं राष्ट्रिय सहकारी दिवस, सहकारी संघ संस्थाहरु, सहकारीकर्मीहरु तथा सरोकारवाला निकायहरु आपसमा समन्वय गरी स्थानीय स्रोत र साधनको परिचालन गर्दै सबैको सहभागितामा आ–आफ्नो जिल्लामा उत्साह र सक्रियतापूर्वक सहकारी ¥याली, झाँकीहरुको प्रदर्शन, सहकारी क्षेत्रबाट उत्पादित वस्तुहरुको प्रर्दशनी तथा विक्री वितरण, सहकारी निवन्ध÷कविता प्रतियोगितात्मक कार्यक्रम,, अन्तरक्रिया, गोष्ठी, रक्तदान, सार्वजनिक स्थल सरसफाई, वृक्षारोपण लगायतका कार्यक्रम सञ्चालन गरी भव्य रुपमा मनाउन आव्हान गरिएको राष्ट्रिय सहकारी वैकंका सञ्चालक रामवहादुर जिसीले जानकारी दिनुभयो ।