About us | Staffs | Contact us


स्मृतीको पानामा …………..मुक्तकहरु

February 23, 2016 | no comments



भने जस्तो हुदैन केही रुने गर्छु सधै
कल्पनामा भने चन्द्रमा छुने गर्छु सधै
सपनामा त उडेकै हुन्छु जहाजमा तर
उठ्ने बेला विस्तारामै हुने गर्छु सधै।।

सम्झ्नाका कुरा गर्छन यहाँ भुल्ने मान्छेहरु
भमरा जस्तै बोट छानी छानी डुल्ने मान्छेहरु
झुटो नाता गाँस्छन भ्रमिक त्यो जिन्दगीमा
जस्को दिलमा पनि सजिलै फुल्ने मान्छेहरु।।

आफु बसेको मन दुखाउछेउ किन
सबै कुरा थाहा छ लुकाउछेउ किन
म तिमी सँगै समर्पित छ सदाका लागि
मोती झै् आँसुले मुख सुकाउछेउ किन ।।

 

सोझेपन या बुझइमा मेरो आक्रोशी वानी भएपछी
केहिले गल्तिहरु जानेर त केहिले अन्जानी भएपछी
बुझ्न नसक्ने म थप उर्जा र हौसलालाई मैले मेरो
सोझे लाटो प्रस्तुतीमा सम्पुर्णको निगरानी भएपछी

 

 

स्मृतीको पानामा एउता यस्तो पल भएको छ
बिर्सनलाई जबरजस्ती भएपनि बल भएको छ
सयौ पटक भुल्न खोज्छु हजार बनि याद आउछ
सम्झ्नाको वर्षामा भने सधै अविरल भएको छ

 

bigram

 

टुक्रिएको दुईलाई मुटु घाँस्न मन लाग्यो
मनमा पिडा लुकाएर हाँस्न मन लाग्यो
हजारौ चोट र पिडाले जेलिएको हाम्रो
पिरतीको बोटलाई उकास्न मन लाग्यो

– बिक्रम सुनार
धवलागिरी एफएम बागलुङ