About us | Staffs | Contact us


निरही घाटका बृद्धबृद्धाको स्वाथ्य परिक्षण

July 1, 2015 | no comments



असार १६ – नेपाल स्वास्थ्य प्राविधिक संघ बागलुङले आफनो ३६ औ स्थापना दिवसको अवसरमा बा.न.पा. ११ निरहिघाट अवस्थित बृद्धाश्रममा रहेका जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण गरेको छ ।

आफना सन्तान आफन्त देखी टाढा रहेको जेष्ठनागरिकलाई अनेक स्वास्थ्य समस्याले सताउने हुँदा उनिहरुको स्वास्थ्य सुधारका लागि केहि मात्रामा टेवा पुगोस भन्ने उद्देश्यका साथ स्वास्थ्य शिविर संचालन गरेको नेपाल स्वास्थ्य प्राविधिक संघका अध्यक्ष रामप्रसाद खनालले बताउनुभयो ।

शिविरको उद्घाटनको क्रममा बागलुङका प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेलले जेष्ठ नागरिक भनेको समाजको धरोहर भएकाले यिनिहरुलाई सधै सम्मान गर्नुपर्ने बताउनुभयो ।

उहाले जेष्ठ नागरिकलाई लक्षित गरी स्वास्थ्य शिविर संचालन गरेकोमा धन्यबाद दिँदै स्वास्थ्यकर्मिहरुले दुर्गम गाउँ बस्तीसम्म जनताको सेवामा अहोरात्र खटेर काम गरेको निकै प्रशंसनिय रहेको बताउनुभयो ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी छविलाल सुवेदी, नेपाल स्वास्थ्य प्राविधिक संघका पुर्व केन्द्रिय सदस्य ऋषिराम भण्डारी, धौलागिरी अंचल अस्पतालका डा. सम्राट श्रेष्ठ, समाजसेवी देवबहादुर श्रेष्ठ, औषधि व्यवसायी संघ धवलागिरी अंचल शाखाका अध्यक्ष टेकनाराण के.सी. राष्ट्रिय स्वास्थ्य कर्मि संघ नेपालका अध्यक्ष नारायण पौडेल लागयतले बोल्नुभएको थियो ।

करिब ५२ जना जेष्ठ नागरिक र स्थानियले स्वास्थ्य जाँच गराएका शिविरमा धौलागिरी अंचल अस्पतालका मेडिकल अधिकृत डा सम्राट श्रेष्ठ, डा. राजमणी भण्डारी जनस्वास्थ्य निरिक्षक रामप्रसाद खनाल लगायतको स्वास्थ्यकर्मिहरुको टोलिले स्वास्थ्य जाँचमा गरेको थियो ।

सो अवसरमा हालै सेवा निबृत हुनुभएका नेपाल स्वास्थ्य प्रावधिक संघका सल्लाहाकार एवं जिल्ला स्वास्थ्य कार्यालयका क्षयकुष्ठ निरिक्षक ऋषिराम भण्डारीलाई विदाई तथा खोप सुपरभाईजर रामचन्द्र चौधरी र तत्थ्याङ सहयाक धनश्याम सापकोटालाई स्वागत गरिएको थियो ।

नेपाल स्वास्थ्य प्राविधिक संघ बागलुङका अध्यक्ष रामप्रसाद खनालको अध्यक्षता केन्द्रिय सचिव डिल्लीप्रसाद आचार्यको स्वागत र सचिव सोमराज पाण्डेयको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।