About us | Staffs | Contact us


काँग्रेसका जिल्ला सभापतिको भेला भोलि

July 1, 2015 | no comments



असार १६ – नेपाली काँग्रेसका जिल्ला सभापतिहरुको भेला भोलि पार्टीको केन्द्रीय कार्यालय सानेपामा हुने भएको छ ।

पार्टीको आसन्न १३ औँ महाधिवेशनको पूर्वसन्ध्यामा पार्टी सभापतिहरुको चालु कार्यकाल सकिनै लाग्दा सभापतिहरुबीच एकआपसमा अन्तक्र्रिया गर्न भेलाको आयोजना गरिएको बताइएको छ ।

नेपाली काँग्रेस धादिङका जिल्ला सभापति रामनाथ अधिकारीका अनुसार भोलि विहान ११।०० बजेदेखि सुरु हुने भेलामा पार्टीको मौजुदा विधानलगायतका विषयमा छलफल गरिनेछ ।

संवैधानिक रुपमा अनिवार्य गर्नुपर्ने पार्टीको महाधिवेशन र गत वैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि वर्षातको समयमा हुन लागेको महाधिवेशनलाई पार्नसक्ने प्रभावलगायतका विषयमा छलफल गरिने उहाँले जानकारी गराए।

बैठकमा संविधान निर्माणको जारी प्रक्रिया, समसामयिक राजनीतिक घटनाक्रम र पार्टीले खेलिरहेको भूमिकालगायतका विषयमा पनि अन्तक्रिया गरिने भएको छ ।