About us | Staffs | Contact us


करण केसीलाई आज अन्तर्राष्ट्रिय क्याप प्रदान

July 1, 2015 | no comments



असार १६ – नेपाली राष्ट्रिय क्रिकेटका टोलीका खेलाडी करण केसीलाई आज अन्तर्राष्ट्रिय क्याप प्रदान गरिएको छ ।
बागलुङको सिगानामा जन्मिएका केसी मंगलबार राती नेदरल्यान्ड्संगको खेलमा एमस्टेलभिन स्थित भिआरए मैदानमा ट्वान्टी–२० अन्तर्रा्ष्ट्रियमा ‘डेब्यु’ गरेका थिए ।

नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काले बागलुङे खेलाडी केसीसंगै राष्ट्रिय टोलीका सदस्य अविनाश कर्ण र प्रदीप ऐरीलाई पनि अन्टराष्ट्रिय क्याप प्रदान गरेका हुन ।

गत वर्षमात्र राष्ट्रिय टोलीमा समावेश भएका केसीले आफुलाई अब्बल खेलाडीको रुपमा प्रस्तुत गर्दै आएका छन । मंगलबार भएको खेलमा पनि करणले एक विकेट लिएका थिए ।

नेपालबाट पहिलो ट्वान्टी–२० अन्तर्रा्ष्ट्रिय खेलेका खेलाडीहरुमा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, सुवास खकुरेल, सागर पुन, शरद भेषावकर, विनोद भण्डारी, शक्ति गौचन, वसन्त रेग्मी, सोमपाल कामी र जितेन्द्र मुखिया अहिले राष्ट्रिय टोलीसँगैं नेदरल्यान्डस्मा छन् ।