About us | Staffs | Contact us


उद्धार राहत कोषमा २ लाख रुपैया

July 1, 2015 | no comments



असार १६ – भूकम्प पिडितहरुको सहयोगार्थ बागलुङ समाज हङकंङले दैबि प्रकोप उद्धार राहत कोषमा २ लाख रुपैया प्रदान गरेको छ ।

बागलुङ समाज हङकंङका प्रतिनिधिहरुले आज प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेललाई २ लाख रुपैया हस्तान्तरण गरेका छन् ।

भूकम्पले बागलुङका बिद्यालयहरुमा समेत क्षेती पुयाएपछि आफुहरुले रकम संङकलन गरि हस्तान्तरण गरेका समाजका अध्यक्ष देवाङ सिन पुनले बताउनुभयो । बिदेशमा भएर पनि आफनो देशका लागि सहयोग गर्नु निकै राम्रो भएको र यसरी आएको रकम बास्तबिक भूकम्प पिडितलाई प्रदान गरिने प्रजिअ पौडेलले बताउनुभयो ।

बागलुङमा अहिले सम्म देश तथा बिदेशका बिभिन्न व्यक्ति सघंसस्थाबाट ११ लाख रुपैया दैबि प्रकोप उद्धार राहत कोषमा जम्मा भएको पौडेलले बताउनुभयो । भूकम्प पिडितको लागि आफु खुसि सहयोग बितरण गर्न पाउने भएपछि धेरै रकम कोषमा जम्मा नभएको उहाले बताउनुभयो ।