About us | Staffs | Contact us


मौलिकपन तोडिदै रत्यौलीमा नयापन

March 1, 2014 | no comments



 

बागलुङ, १६ फागुन ।

नेपाली लोकसंस्कृतिमा बागलुङमा मौलिक पहिचानका रुपमा रहेको रत्यौली गीतको मौलिकपन हिजोआज फेरिएको छ ।

विवाहको दिन दुलाहाको घरमा महिलाहरु जम्मा भई रातभर नृत्य र अभिनय सहित खेलिने रत्यौली दिउ“सोकोे लगनमा विवाह हुने क्रम बढेस“गै यसको मौलिकपन फेरिएको हो ।

मनोरञ्जनका साथ रात गुजार्न गाइने गीत भएकाले यो गीतलाई रत्यौली भनिएको हो । तर हिजोआज यसको स्वरुप फेरिएको र त्यसको मूल कारण दिनको लगनमा विवाह हुनु नै भएको तर्क अनुसन्धानमा सम्लग्न प्राध्यापक डाक्टर दीनबहादुर थापा बताउनुहुन्छ । लामो मौलिक परम्परा बोकेको रत्यौली गीत अहिले आएर झाम्रेमा फेरिएको उहाँको भनाई छ ।

विगतको द्धन्द्धकालमा रातको समयमा विवाह हुने क्रम रोकिएपछि मौलिक प्रकृतिको रत्यौलीमा पनि परिवर्तन आएको हो– थापाले भन्नुभयो– दिनको लगनमा हुने विवाहले रत्यौली पनि अब त दिनौलीजस्तो भइसक्यो । विवाहका दिन दुलाहा अन्माइसकेपछि दुलही नभित्रयाइन्जेलसम्म महिलाहरु मात्र दुलाहाको घरमा भेला भई रातभर गाइने गीत नै रत्यौली भएको थापाको भनाइ छ । त्यस्ता गीतहरु पुरुÈले सुन्न नहुने खालका अश्लील र रतिक्रिडास“ग सम्बन्धित हुने गर्थे । ‘रत्यौली गाइने ठाउ“मा पुरुÈलाई निÈेध गरिएको हुन्थ्यो र कुनै पुरुÈले सुनिहाले उसको आयु घट्छ भन्ने चलन थियो ।
महिलाहरुले पुरुÈको भेÈ गरेर लुकीछिपी गाइने त्यस्ता गीतहरु लोप भएर गएका छन्– थापाले भन्नुभयो–बरु आजभोलि त पुरुÈहरु पनि रत्यौलीमा सहभागी हुन थालेका छन् । रत्यौलीको अश्लील पÔलाई हटाए पनि त्यसको मौलिकपन भने जोगाउनुपर्ने थापाको सुझाव छ ।

रत्यौलीमा दुलाहा, दुलही, जन्ती, जोगीको अभिनय, वर–बधूको क्रियाकलाप, प्रेम प्रसङग, बधुशिÔा जस्ता विÈयवस्तु उठान गरी गाइने गरिन्छ । रत्यौलीको मुख्य उद्देश्य मनोरञ्जनका साथ रात गुजार्नु हो ।
केटाको विवाह हु“दा ग्रहशान्ति गरी बालिएको बत्ती अर्को दिन बधू नभित्रयाउ“दासम्म निभ्न दिनु हु“दैन भन्ने मान्यताअनुसार रत्यौली गाइन्थ्यो । दुलही लिन पुरुÈहµ जन्त गइसकेपछि छिमेकी महिलाहµ जम्मा भएर त्यही बत्ती हेर्दै रात बिताउनका लागि विभिन्न प्रकारका स्वतन्त्र गीतहरु गाएर नाच्ने प्रचलन नै रत्यौलीको मौलिकपन हो ।